सर्लाहीमा ३ वटा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, २ घाइते

सर्लाही। जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा ३ वटा मोटरसाइकल दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। दुर्घटना बिहीबार राति भएको हो।
Advertisement 1
भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले राससलाई जानकारी दिए।
सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन्। उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। साथै तीनवटै मोटरसाइकल पनि कारबाहीका निम्ति खिचिएका छन्।
प्रकाशित :२०८२ फाल्गुन ७, बिहीबार १२:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













