प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुगेकी छन्।

Advertisement 1

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छन्। पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेखेकी छन्।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ।

प्रकाशित :२०८२ फाल्गुन १, शुक्रबार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry