माघ शुक्ल चतुर्थीः माधवनारायणका वर्तालुद्वारा पनौतीमा पूजा

काठमाडौं। पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालुले माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक सहर पनौतीमा पु¥याएर विधिपूर्वक पूजाआराधना गरेका छन्। प्रत्येक वर्ष माघ शुक्ल चतुर्थीका दिन पनौतीमा माधवनारायणको पूजाआराधना गर्ने व्रतविधिअनुसार आज पूजा गरिएको हो।

Advertisement 1

प्रत्येक वर्ष माघशुक्ल तृर्तीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ। बुधबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती पुगेका थिए। वर्तालुले आज बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि माधवनारायणलाई विशेष पूजाआराधना गरेका हुन्। माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो।

स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरिएको थियो। बिहानको स्नान र विधिपूर्वक पूजा, आराधना सकेपछि माघशुक्ल चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिँदै छ। भोजनपछि वर्तालु साँखुस्थित शालीनदीतिर लाग्ने जनाइएको छ। वर्तालु बेलुकीसम्म शालीनदी पुग्नेछन्।

Advertisement 2

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका वर्तालुले तीर्थयात्रा गरिसकेका छन्। पहिलो तीर्थयात्रा २ रात र ३ दिनको हुने व्रत विधि छ। दोस्रो तीर्थयात्रा भने २ दिन र १ रातको हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए।

साँखुस्थित शालीनदी मेलामा शनिबार र सार्वजनिक बिदा परेका दिन भक्तजनको घुइँचो लाग्ने गरेको छ। शालीनदीमा १ महिने माधवनारयण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायातमा घुइँचो हुन्छ।

Advertisement 3

मेलाको मौका छोपेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा लिने गरेका भक्तजनको गुनासो छ। सार्वजनिक यातायातमा टिकट दिएर यात्रा गराउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरी यात्रु ठग्ने काम भइरहँदा पनि सरोकार भएका सरकारी निकायको ध्यान नगएको उपभोक्ता अधिकारवादीको भनाइ छ।

प्रकाशित :२०८२ माघ ८, बिहीबार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम