२२० मा सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८६४ पुगेको छ ।
सङ्क्रमण दर ३.२ प्रतिशत रहेको उनले जानकारी दिए । पछिल्लो समय थप २५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५१८ पुगेको छ । काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १३ जना, ललितपुरमा १८ र काठमाडौँमा ९२ जना सङ्क्रमित भएका छन् ।
उनका अनुसार होम आइसोलेशनमा चार हजार ६०८, संस्थागत आइसोलेशनमा २५६, आइसियुमा ८७ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ । कोरोनाबाट दुईको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख दुई हजार ६८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित :२०७८ पुष १४, बुधबार २०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%