सुनचाँदीको भाउ केही घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुन रु २ हजार ९०० र चाँदी रु ५० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु ५ हजार ८७० कायम भएको छ।

बुधबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु ५ हजार ९२० कायम भएको थियो। मङ्गलबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु ५ हजार ८८० कायम भएको थियो। गत आइतबार १ तोला सुन रु २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६२५ मा कारोबार भएको थियो। सोमबार १ तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८१० मा खरिदबिक्री भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ माघ ८, बिहीबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry