२ करोड २४ लाखका भेप बराबद

मुस्ताङ। कोरला नाकाबाट रु २ करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ।
Advertisement 1
नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५का पेमा लामालाई नियन्त्रणमा लिइएको छ।
Advertisement 2
यसअघि गत वर्ष पनि रु ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए।
प्रकाशित :२०८२ पुष २९, मंगलवार १२:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














