सांसद ठेकेदार मोहन आचार्यले पेटी ठेकेदारलाई डेढ करोड रकम ठगेपछि…..
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, रसुवाका सांसद तथा ठेकेदार मोहन आचार्यले चलाएको रसुवा कन्स्ट्रक्सन कम्पनीले ठगी गरेपछि एक पेटी ठेकेदा मर्कामा परेका छन्।
Advertisement 1
ठगी गरेपछी पीडित पक्षले तुलसीपुरमा पत्रकार सम्मेलन गरेका छन । डेढ करोड रकम ठगी गरेको पीडित कृण्ण बहादुर खत्रीले बताए। पेटि ठेकदार रहेका बबई गाउँपालिका ५ हापुरे बस्ने खत्रिले आफु सहित ६८ जना ठगीमा परेको बताए। उनका अनुसार २०६० मा सल्यानको लेखपोखरामा जन स्वास्थ्य भवन निर्माण गर्ने क्रममा लेवर,मिस्त्री सहित काम गरेको एक करोड २३ लाख ७२ हजार २ सय १६ रुपैयाँ पाउँनु पर्ने छ । उक्त रकम पटक–पटक माग गर्दा पनि निर्माण कम्पनीका संचालक मोहन आचार्य र बाबुकाजि श्रेष्ठले नदिएपछि जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको जानकारी दिए । ६८ जना लेवर,मीस्त्री २४ जना,काठ चिर्ने मिस्त्री लेवर , ६ वटा ट्याक्टर,गीट्टी फोड्ने ३५ जना , लोड गर्ने १२ जना लगाएतका मजदुरले पैसा नपाएको बताएका छन् ।
रकम माग्न लागेको चार वर्ष बितिसक्दा पनि आफूले नपाएको र पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएकोसमेत बताए । उनले अहिलेसम्म रसुवा कन्स्ट्रक्सनले चेकबाट ४३ लाख ६० हजार ९ सय ७६ मात्रै र बलिभद्र राणाले २६ लाख २६ हजार रकम मात्रै पाए । बाँकी एक करोड २३ लाख ७२ हजार सात सय १६ रुपैयाँ नपाएको गुनासो गरे ।
Advertisement 2
त्यो रकम माग्ने क्रममा एकपटक २०७३ असारमा पोखरा बोलाए । जहाँ रसुवा कन्स्ट्रक्सनकै सहायक बाबुकाजी श्रेष्ठको घर थियो । त्यहाँ पाउनुपर्ने रकमका बारेमा कुरा गर्दा आफूलाई अपशब्द गरी गाली गर्नुका साथै कुटपिट गरे । त्यति मात्रै होइन्, चारजना केटाहरु बोलाएर जबर्जस्ती पाउनुपर्ने बाँकी रकमलाई कागज गरेकोसमेत बताए ।‘पैसाको हिसाब मिलाउन भनी पोखरा बोलाएका थिए, म त्यहाँ गएँ, त्यहाँ गएर पैसाको कुरा उठाउँदा केटाहरू बोलाएर हल कोठामा लिए’ उनले भने ‘दुईजना केटाले मेरा पाखुरा समाए, एकजना खुट्टामा बसे, एकजनाले घाँटी च्यापेर मरणासन्न गराएर सहीछाप गराए ।’ जबर्जस्ती यसरी कागज गराएपछि आफूले जिल्ला प्रशासन कार्यालय दाङ, भवन डिभिजन कार्यालय दाङमा बिल रोक्का गरिपाऊँ भनी दिएको निवेदन पनि कुनै सुनवाइ नभएको उनले बताए । कांग्रेस दाङका तत्कालीन सभापति कीर्तिहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । त्यतिवेला बैंकको ब्याज तिर्न भनी एक लाख ५० हजार दिएका थिए ।
।
Advertisement 3
घरवास नै छैन
खत्रीले आफूले भवन निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्चबापतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानीबापतको ३८ लाख ९७ हजार, काठ चिरानबापतको चार लाख ४५ हजार, गिट्टी फोड्ने लेबरलाई दिनुपर्ने खर्च नौ लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरूका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टिल भैरहवाबाट छड खरिद गरेबातको २६ लाख ७९ हजार सात सय २१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजारमध्येको रकम नपाएको बताएका छन् ।
त्यसैगरी काम गर्न प्रयोग गरिएका रा १ च ११६ र ३९४ , रा १ त १२०२,रा १ त ९०९,रा १ त ८०५ र रा १ त ९१० नम्बरको ट्याक्टरले समेत रकम नपाएको पिडित पक्षले गुनासो गरेका छन् ।