आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ। आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।

Advertisement 1

आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू ४ हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। दुवै धातुको मूल्य हालसम्मको उच्च हो।

गत आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ५८ हजार ३००मा र चाँदी रु ४ हजार १०५ मा कारोबार भएको थियो। सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु २ लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु ४ हजार २३५मा कारोबार भएको थियो। मङ्गलबार भारी वृद्धिका साथ १ तोला सुनको मूल्य रु २ लाख ६७ हजार २०० र चाँदी रु ४ हजार २५५ मा किनबेच भएको थियो।

Advertisement 2

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन्। अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित :२०८२ पुष ९, बुधबार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry