वैरागीलाई मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदुत !

मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल सकिनै लागेपछि अबको मुख्य सचिव को बन्ला ? प्रशासनिक क्षेत्रमा निक्कै चर्चा शुरु भएको छ । तर रेग्मीलाई राजदुत बनाएर उनलाई पदावधी अगावै राजीनामा गर्न लगाउने र मुख्य सचिवमा आफु अनुकुल सेटिङ मिलाउने गरी परराष्ट्र सचिव शंकरदास वैरागीलाई ल्याउने तयारीमा सरकार लागेको खुल्न आएको छ ।

Advertisement 1

वैरागीको पदावधी असोज २२ र रेग्मीको कात्तिक ६ सम्मको पदावधी छ । तर रेग्मीको पदावधी सकिनु अगावै मुख्यसचिव रेग्मीलाई पदबाट राजीनामा गराउन लगाई मुख्य सचिव बनाउने र रेग्मीलाई भने राजदुत बनाउने योजनामा सरकार लागि परेको छ । यसका लागि रेग्मीले बाटो खुलाउनु पर्ने हुन्छ । उनको इच्छा सरकारले पूरा गरिदिनुपर्ने हुन्छ । एक महिनापछि स्वतः बिदा हुनुपर्ने रेग्मीले सरकारको यही बाध्यता बुझेर आफ्ना लागि पदीय बार्गेनिङ गरेको स्रोतको भनाई छ ।

उनले आफुलाई सरकारले कुनै राम्रो देशको राजदुत बनाएमा पदावधी सकिनु अगावै पनि राजीनामा दिन आफु तयार रहेको सन्देश प्रधानमन्त्रीको कानमा पु¥याईसकेका छन् । प्रधानमन्त्रीले पनि मुख्यसचिव रेग्मीलाई राजदुत बनाएर भएपनि परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी सोचेको उनको सचिवालय स्रोतको जिकिर छ । वैरागीको पदावधी २२ असोजमा सकिने भएकोले उनी पदमा बहाल रहँदै रेग्मीले राजीनामा दिए सरकारले वैरागीलाई मुख्य सचिव बनाउन सक्नेछ । तर, रेग्मीले राजीनामा नदिई पदावधीसम्मै कायमै रहे वैरागीले बिदाई हुनुपर्नेछ ।

Advertisement 2

तर अहिले मुख्य सचिवको दौडमा रहेका पर्यटन सचिव केदारबहादुर अधिकारी, उद्योग सचिव चन्दकुमार घिमिरे, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, वन सचिव विश्वनाथ ओली र सहरी विकास सचिव मधुसुदन अधिकारी लगायत छन् । वैरागीको दाउ भने पहिले नै सेटिङमा रेग्मीले राजीनामा दिए, आफ्नो लागि ढोका खुल्ने भन्दै भित्री लविङमा छन् ।

ओली पनि वैरागीलाई बनाउने दाउमा लागेपछि रेग्मीले बार्गेनिङ बढाएको स्रोत बताउँछ । ओलीले रेग्मीलाई सरकारमा आएपछि नै मुख्यसचिबाट पन्छाउन चाहिरहेका थिए । तर ओलीको मनस्थिती बुझेर गतिविधिमा साथ दिन थालेपछि रेग्मी अहिलेसम्म मुख्यसचिवमा टिकेका थिए ।

Advertisement 3

स्रोतका अनुसार अहिले उनलाई बेलायतको राजदुत बनाउने गरी तयारीमा सरकार लागेको छ । ’अबको साता, दश दिनभित्रै रेग्मीले पदबाट राजीनामा दिएमा उनलाई बेलायतको राजदुत बनाउने र असोज २२ मा निवृत हुन लागेका वैरागीलाई मुख्य सचिव बनाउने दाउमा प्रधानमन्त्री हुनुहुन्छ,‘ स्रोतले भन्यो, –’तर यो खेलमा रेग्मीले मान्नुपर्ने हुन्छ ।’
 

प्रकाशित :२०७७ आश्विन ६, मंगलवार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry