बुझ्नै नसकिने कोरोना

 

Advertisement 1

आयो दोहोरी दोहोरी यो पापी कोरोना

लक्षण फरक फरक बुझ्नै सकिन ।

Advertisement 2

रोग हो या बाहना के हो यो कोरोना ??

धेरै मान्छे सङ्क्रमित र मृत्यु बुझ्नै सकिन ।

Advertisement 3

सरकार ले भनेको बेला बाहिर निक्लदा न सर्ने कोरोना

सरकार को नियम भन्दा बाहिर हिडे सरिहाल्ने बुझ्नै सकिन ।

घर भित्रमात्र बसि रहे सुरक्षित हुने थाहा छ हामी लाई

किनकी लुडो खेल्दा पनि घर भित्र गोटि पसे कसैले मार्न सक्दैनन।

येस्कै उदाहरण भन्दा पनि उच्च बन्दै आयो कोरोना

घर भित्र मात्र थुनियेर कसरी पेट भरिन्छ बुझ्नै सकिन ।

लकडाउन र निशेधआज्ञको फाइदा के हो ?

झन बढी सङ्क्रमित फैलिदैछ बुझ्नै सकिन।

येस्तै लक्षण भयेको रोग पहिले देखि लागेको होनि हैन र?

तेसैलाइ कोरोनाको नाम दिइयो बुझ्नै सकिन ।

बाउ आमा दाजु भाइ मर्दा काज किरिया गर्न आउन नमिल्ल्ने कस्तो कोरोना ?? मर्नु भन्दा अगाडि के हो थाहा नहुने

मरेपछी देखिने कोरोना कस्तो रोग हो यो बुझ्नै सकिन ।

क्यान्सर जस्तो घातक रोग त मर्नु भन्दा अगाडि पत्ता लाग्छ ।

मरे पछि मात्र पुष्ठि हुने कस्तो रोग हो बुझ्नै सकिन ।

पास लियेर जहाँ जादानि मिल्ने बिना पास हिड्न नदिने

कस्तो कोरोना, बिना उपचार घरायसी दाबाइ ले सङ्क्रमित ठिक हुने

रोग कसरी येस्तो डरलाग्दो भयो बुझ्नै सकिन ।

येस्तो अनौठो नियम सरकार को होकि कोरोना को हो बुझ्नै सकिन ।

शिव प्रसाद न्यौपाने उत्तरगया ४ कर्मिडाडा रसुवा ।

प्रकाशित :२०७८ बैशाख २९, बुधबार १७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry