विरामी लिन मनाङ उडेको हेलीकप्टर

नवीन लामिछाने

Advertisement 1

हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत दिन प्रती दिन बढ्दो छ ।जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिटियुड हेलिकप्टरद्वारा थप उपचारका लागि बुधबार बिहान गण्डकी अस्पताल पोखरा लग्दै ।

Advertisement 2

जिल्लाभर एकजना विदेशी नागरिकसहित ४२ जना सङ्क्रमित रहेका छन् ।जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना भाइरस ( कोभिड १९ ) संक्रमितलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । बुधबार विहान अल्टिच्युड हेलिकोप्टरमार्फत थप उपचारका लागि संक्रमित दम्पतीलाई पोखरा लगिएको जिल्ला अस्पताल मनाङले जनाएको छ । यस्तै पिसिआर परीक्षणमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल बुधबारदेखि शिल गरिएको छ । अस्पतालमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको डाक्टर प्रतिभा गौलीले बताइन् । जिल्लाको चार पालिका मध्ये दुई पालिका विहिबारदेखि बन्द हुने भएका छन् । ङिस्याङ गाउपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । मंगलबार मात्रै ङिस्याङ पालिकामा एक विदेशि नागरिक सहित २५ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । संक्रमित संख्या बढे संगै ङिस्याङ गाउँपालिका पूर्णरुपमा बन्द गरिएको छ । पालिका भित्रका स्वास्थ्य सेवा र एम्बुलेन्स बाहेका सम्पूर्ण गतिबिधि वन्द गरिएको गाउँपलिकाले एक सूचना जारी गर्दै भनेको छ । यस्तैगरी चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पािलकाका सम्पूर्ण कार्यहरु विहिबार (भोली ) देखि बन्द हुने भएका छन् । गाउँपालिकाले कार्यालय र कार्यालय मातहतका सम्पूर्ण कामकार्यहरु अर्को सूचना नआउदा सम्म बन्द हुने प्रमुख प्रशासकीय अधिकृत नर वहादुर चन्दले बताए । जिल्लामा कोरोना संक्रमितको संख्या ४२ जना रहेको स्वास्थ्य कार्यालय मनाङको तथ्याङ्कमा छ । मंगलबार मात्रै जिल्लामा २८ नयाँ कोरोना संक्रमित थपिएका थिए । सोमबार ६७ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा २८ जनाको पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय मनाङका अनुसार ङिस्याङ गाउँपालिकामा एक जना विदेशी नागरिक सहित २५ जना र चामे गाउँपालिकामा ३ जना गरी जिल्लामा २८ संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या हाल ४२ पुगेको छ । जिल्ला अस्पतालमा उपचारत संक्रमितहरुलाई हेलिकोप्टर मार्फत पोखरा र काडमाडौँ लगिएको छ , भने ३९ जनालाई होम आइसोलेशनमै बसेका छन् ।

 
प्रकाशित :२०७८ बैशाख २९, बुधबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry