पोखराका यी क्षेत्रमा निषेधाज्ञा (सूचनासहित)

काठमाडौं। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउपछि पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

Advertisement 1

अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ। प्रशासनले यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिमात्रै निषेधित क्षेत्र तोकिएको जानकारी गराएको थियो।

Advertisement 2

प्रकाशित :२०८१ कार्तिक ४, आईतवार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry