गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या ५

गण्डकी। बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या ५ पुगेको छ।
बालमैत्री स्थानीय शासन ‘राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि–२०६८’ र ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८’ मा विभिन्न ५१ सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका÷गाउँपालिका घोषणा गर्न सकिने व्यवस्था छ।
सरकारले विसं २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएको पोषणमैत्री अभियानका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले जानकारी दिए।
बाल बचाउमा १४, बाल संरक्षणमा १० बाल विकास र बाल सहभागितामा ६÷६ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक पूरा हुनुपर्ने प्रावधान छ।
बालमैत्री स्थानीय शासनयुक्त घोषणासँगै सम्बन्धित स्थानीय तहलाई बालश्रममुक्त, बालविवाहमुक्त र सडक बालबालिकामुक्तसमेत घोषणा गर्ने गरिएको छ।
प्रकाशित :२०८३ जेष्ठ १९, मंगलवार १२:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







