शान्ति पुनःस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

बाँके। मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

Advertisement 1

नेपालगञ्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्य ६ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। चदाराले ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको बताउँद १ जनालाई पुनःस्थापनाका लागि अन्य संस्थामा पठाइएको उल्लेख गरे।

Advertisement 2

संस्थाले गत आर्थिक वर्षमा ८ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरेको छ। यो अवधिमा संस्थाले ९ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक सङ्घसंस्थाले गरेर मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरुक बनाएको बताए।

Advertisement 3

उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गरे।

शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानव बेचबिखनविरुद्धको अभियानमा सबै एकजुट भएर सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। आफूहरूले सीमित जिल्लामा कार्यक्रममाफैत अभियान सञ्चालन गरिएको भन्दै यसबाट केहीमात्रामा सहयोग पुगेको विश्वास व्यक्त गरे। उनले मानव बेचबिखनविरुद्धको अभियानमा राज्य नै जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

उक्त कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, शान्ति पुनःस्थापना केन्द्रका सल्लाहकार युवराज शर्मा, गङ्गा अधिकारी, गीता थारुलगायत वक्ताले आ–आफ्नो धारणा राखे।

शान्ति पुनःस्थापना गृहले बाँकेको विभिन्न ५ स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित :२०८२ कार्तिक २५, मंगलवार ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम