आगामी तीन दिन मौसम पूर्वानुमान

आज देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै एक, दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

Advertisement 1

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भू भाग नजिक रहेको पूर्वप श्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।
२०७८ बैशाख २९ गते
दिउँसोः प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशका अधिकांश भू भागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भू भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ३० गते
दिउँसोः देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
रातीः देशका पहाडी भू भागहरुमा सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहि प्रदेश नं १ का साथै अन्य पहाडी भू भागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ बैशाख ३१ गते
दिउँसोः प्रदेश नं १, प्रदेश नं २ र अन्य पहाडी भु भागमा सामान्य देखि पूर्ण बदली रहने छ र बांकी भु भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भू भागहरुमा सामान्य बदली र बाँकि भू भागहरुमा आंशिक बदली रहि प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित :२०७८ बैशाख २९, बुधबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry