कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली

मुस्ताङ। कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा रु ३ अर्व २ करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका ३ महिनामा १ हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पु¥याएका छन्।

बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ।

प्रकाशित :२०८२ कार्तिक २१, शुक्रबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry