शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको मिति २०८२ आश्विन २७ गते सोमबार दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ।

Advertisement 1

हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पू¤जी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा कायम रहने नायब प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव अनिल रेग्मीले जनाएका छन्

 

प्रकाशित :२०८२ आश्विन २८, मंगलवार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry