शंकर पोखरेलविरुद्ध दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ज,४१ सांसदको हस्ताक्षर

गत ६ वैशाखमा अविश्वासको प्स्ताव दर्ज भएको मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध २० दिनपछि दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ज भएको छ । गत १९ वैशाखमा फ्लोर क्रस हुने डरले मुख्यमन्त्री पदबाट राजीनामा दिएर पुन शपथ लिएका पोखरेलविरुद्ध अघिल्लो पटक अविश्वासको प्रस्ताव राख्नेहरुलाई मन्त्री पद दिएर कुर्सी जोगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोश्रो पटक अविश्वाशको प्रस्ताव दर्ता भएको छ । आजै उनीविरुद्ध ४१ सांसदको हस्ताक्षरसहित अविश्वाशको प्रस्ताव दर्ज भएको हो । यस अघि माओवादी केन्द्रले मुख्यमन्त्रीका रुपमा अघि सारेको सांसद कुलप्रसाद केसीको नेतृत्वमा कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । कांग्रेस, माओवादी, जसपा र राजमोका गरी ४१ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

Advertisement 1

कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ४१ विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ज गरेका हुन् ।

प्रकाशित :२०७८ बैशाख २६, आईतवार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry