नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको ३ प्रतिष्ठित पुरस्कारहरुबाट भाद्र १७ गते सम्मानित भएकोे छ। बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको हो।

Advertisement 1

भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए। यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ।

प्रकाशित :२०८२ भाद्र २०, शुक्रबार १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry