बन्ला त एमाले र जसपाको सरकार ?

नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच उच्चस्तरीय छलफल भएको छ। छलफल सकरात्मक भएको जसपाका नेताहरुले बताएका छन् । हिजो प्रधानमन्त्रीको निवास बालुवाटारमा सकिएको उच्चस्तरीय बैठकमा जसपाले आफ्ना तीन बुँदे माग अघि सारेको छ । जसअनुसार,बन्दीहरुको रिहा, झूटा मुद्दा फिर्ता, संविधान संशोधनलगायतका विषय उच्चस्तरीय बैठकमा जसपाले राखेको छ । उच्चस्तरीय समितिको भेटघाट पछि बालुटारबाट बाहिरिएका जसपा नेता लक्ष्यमण लाल कर्णका अनुसार,प्रधानमन्त्री ओलीले त्यो भेटमा पनि सत्ता सहकार्यको प्रस्ताव राखेका छन्। तपाईहरुको माग पूरुा गर्न तयार छु,सँगै हिडौं भन्ने प्रस्ताव प्रधानमन्त्री ओलीले राख्नुभएको जसपा नेताहरुको भनाई छ ।
जसपाले भने ‘रेशम चौधरी लगायत मधेस आन्दोलनका बन्दी रिहाइ, मधेस आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा फिर्ता र संविधान संशोधन लगायतका शर्त हामीले अघि सार्दै आएका छन् । बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरु सहभागी थिए। साथै कार्यदलका सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र सुबास नेम्वाङ पनि बैठकमा सहभागी रहेको सो वार्तामा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र अशोक राई सहभागी भएका थिए। वार्ताका लागि सरकार र जसपाले एक कार्यदल बनाएको छ ।
कार्यदलमा नेकपा एमालेको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् ।जसपाको तर्फबाट नेता कर्ण, सर्वेन्द्रनाथ शुक्ला छन् । जसपाको तर्फबाट आज अर्का एक नेता थपिँदै छन् ।

प्रकाशित :२०७७ फाल्गुन २८, शुक्रबार ०८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry