अध्यक्ष उम्मेद्धार आचार्यका २८ संकल्प

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको उत्तरगाया ४ नेकपा माओवादीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

Advertisement 1

नेकपा (माओवादी केन्द्र) उत्तरगया गाउँपालिका वडा नं ४को वडा अध्यक्षका उम्मेदवार दुर्गा प्रसाद आचार्यले विगतका जनप्रतिनिधिका अक्षमताहरूलाई समेत मध्यनजर गर्दै तथा आजको समयको आवश्यकतालाई ध्यान दिँदै पार्टीले आज शुक्रबार प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
ढुंगे, भुवनेश्वरी, मालिकादेवी आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, श्रोत साधन व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गरिने, महेन्द्र नवविजयी माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गरिने, कक्षा १ देखि हरेक वर्ष अंग्रेजी माध्यमको पठन पाठनको व्यवस्था कमडाँडा स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने, वडा कार्यालयको स्वामित्वमा एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिनेछ ।

वडाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमा गरिने, दीर्ग रोगीको नियमित स्वास्थ्य चैक जाँचको लागि प्रत्येक दुई-दुई महिनामा चेक जाँच अभियान संचालन गरिने, दिर्ग रोगीलाई निःशुल्क औषधिको व्यवस्था मिलाइने, प्राथमिक स्वास्थ्य उपचार सहयोगका लागि स्वास्थ्य अक्षय कोष स्थापना गरिने, एक घर एक धारा अभियान सम्पन्न गरिने, प्रत्येक वर्ष खानेपानी परीक्षण गरी स्वास्थ्य अनुकूल बनाइने, हिउँदको समयमा सिचाईका लागि पानी बचत गर्ने पचास हजार घन मिटरको ट्याङ्की प्रत्येक टोलमा निर्माण गरिने, कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक र प्राङ्गारिक मल वडा कार्यालयको नेतृत्वमा कृषि सहकारी मार्फत हरेक किसानसम्म पुन्याइने, आधुनिक बीऊ बीजनको उपलब्धता समयमा नै गरिने, कृषि उत्पादनका लागि आवश्यक पर्ने आधुनिक औजार पचास प्रतिशत छुटमा उपलब्ध गराइने, पहिरे बेसी कुवापानी भलायडाँडा(कर्मीडाँडा ढुंगे कालिका स्थानसम्मको सडकलाई केन्द्रको समन्वयमा समपुरक अनुदान कालोपत्रे गरिने ।

Advertisement 2

No description available.

बनुवा-मनिगाउँ सडकलाई स्तरोन्नती गरी कालोपत्रे गरिने, कर्मीडाँडा-उहरे-मैलुङ नयाँ सड़क निर्माण गरिनेछ । कोलडाँडा-मझुवा-कटुञ्जे नयाँ सडक निर्माण गरिनेछ ।

Advertisement 3

पुराना र नयाँ गोरेटो बाटोलाई स्तरोन्नती गरिनेछ । पलेगढीको व्यवस्थापन गरी आन्तरिक पर्यटन वृद्धि गरी बजार प्रबर्द्धन गरिने, होमस्टे संचालनलाई प्रबर्द्धन गरिने, पुराना चौतारा, मठ, मन्दिर, गुम्बा, चर्चको संरक्षण गरिने, वडाका नागरिकको पायक पर्ने स्थानमा वडा कार्यालय भवन निर्माण गरिनेछ । नवनिर्मित कार्यालय भवनसँग हेलिप्याड निर्माण गरिने, पहिरोका कारण जोखिममा भएका बस्ती पहिचान गरी पहिरो नियन्त्रण गरिने, प्रत्येक टोल-टोलमा सोलार बत्तिको व्यवस्था गरिनेछ । साना तथा घरेलु उद्योग संचालन गरी व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई संरक्षण गरी व्यवसाय विस्तारमा आवश्यक सहयोग गरिने, सहकारी मार्फत सुपथ मुल्य पसल संचालन गरिनेछ साथै तरकारी तथा फलफूल संकलन गरी बिक्री वितरण गरिने, शारीरिक बौद्धिक अपात्रता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पुयाई सीप विकासमा जोड दिइने र भनेसो निर्माण तथा दल व्यवस्थापन गरिने लगायतका प्रतिवद्धता रहेको छ ।

प्रकाशित :२०७९ बैशाख १६, शुक्रबार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry