देउवा र सापकोटाबीच भेट, नागरिकता विधेयकबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
Advertisement 1
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको छ ।
नागरिकता विधेयकलगायतका विषय जारी अधिवेशनमा पारित गर्न प्रधानमन्त्री देउवा र सभामुख सापकोटा सकारात्मक रहेको बताइएको छ । ‘बजेट पनि आयो, अब रोकिएका काम सक्दै जाने भन्नेमा दुवैजना सहमत हुनुहुन्छ । नागरिकता विधेयकचाहिँ अघि बढाइहाल्ने कुरा छ,’ स्रोतले भन्यो ।
Advertisement 2
नागरिकता विधेयकका सम्बन्धमा गृह मन्त्रालयले पनि सरोकारवालासँग छलफल गरेको छ । आइतबार महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा, प्रतिनिधिसभामा कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतका सरोकारवालाबीच भेटघाट भएको थियो ।