खोटो बेचेर १८ लाख बढी आम्दानी

दाङ। खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन्। जिल्लाका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन्।
Advertisement 1
डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो। खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ। यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन्।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु १ लाख ९६ हजार ७५६ किलो कम खोटो सङ्कलन भएको छ। आव २०८०÷८१ मा जिल्लाका ७ वटा सामुदायिक वन समूहबाट २ लाख ७२ हजार १२ किलो सल्लाको खोटो सङ्कलन भएको थियो।
Advertisement 2
आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो सङ्कलन गरी बिक्री गर्दा रु ९ लाख ३९ हजार २७ आम्दानी भएको थियो। खोटो सङ्कलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो।
प्रकाशित :२०८२ भाद्र १२, बिहीबार ११:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%