सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु १ लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु २ हजार ३३० मा खरिदबिक्री भइरहेको छ।
Advertisement 1
बिहीबार १ तोला सुन रु १ लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु २ हजार २९० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ भाद्र ६, शुक्रबार ११:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%