नेपाल राष्ट्र बैंकले माग्यो ५२ कर्मचारीका लागि आवेदन

काठमाडौं। नेपाल राष्ट्र बैंकले ३ पदमा ५२ जना कर्मचारीका लागि आवेदन माग गरेको छ।
Advertisement 1
बैंकले सूचना जारी गर्दै ३४ जना सहायक निर्देशक, १३ जना सहायक र ५ जना सूचना प्रविधि सहायका लागि आवेदन माग गरेको हो। बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
आउँदो भदौ २० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
Advertisement 2
प्रकाशित :२०८१ श्रावण ३२, शुक्रबार ०९:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%