नेपाल सरकारको सहसचिव पंगेनीले ल्याइन् नयाँ तीज गीत(भिडिया सहित)

काठमाडौं। नेपाल सरकारको सहसचिव पद समाल्दै आईरहेकी गायिका मनमाया पंगेनीले तीजको नयाँ गीत बजारमा ल्याएकी छिन् । उनकै शब्द तथा स्वर रहेको ‘तीजको लहर आयो गाउँ शहर’ बोलको गीतमा दीपकराज बीसीले संगीत भरेका छन्।

Advertisement 1

अहिले आउँदै गरेको तीजलाई लक्षित गर्दै तयार पारिएको यो तीज गीत पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडिओमा मनमाया तथा शिव पंगेनीले अभिनय गरेका छन्। उक्त गीतमार्फत मनमायाले रित्तिँदै गएको गाउँको दुरावस्था, गाउँमा युवा नहुँदा बिरामी परेका बेला रगत समेत पाउन नसकिएको यथार्थ तथा वैदेशिक रोजगारीमा रहेका दाजुलाई बहिनीले देश फर्कन गरेको अपिल लगायतका विषय समेटेएको छ।

मनमाया भन्छिन् ‘तीज चेली र माइती सँगै हुने पर्व भएको र बाहिरी गरगहना होइन, चेलीका लागि माइतीको माया नै सबैथोक हो भन्ने सन्देश समेत गीतमार्फत दिन खोजेकी छु,’।

Advertisement 2

प्रकाशित :२०८२ श्रावण २९, बिहीबार ०९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम