तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

Advertisement 1

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताए।

रासससँगको सङ्क्षिप्त कुराकानीमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए। उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।”

Advertisement 2

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ। मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट गरे।

नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित :२०८३ श्रावण २४, आईतवार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry