फेसियल हाउसबारे भ्रम फैल्याउनेविरुद्ध साइबर ब्युरोमा उजुरी, प्रतिव्यक्ति १० करोड रुपैयाँ जरिवाना माग

काठमाडौं। देशभर सौन्दर्य सेवा प्रदान गर्दै आएको नेपालकै ‘नम्बर १’ युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ ले आफ्नो नाम र प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक प्रचार सामग्री बनाइ सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

Advertisement 1

फेसियल हाउसले संस्थाविरुद्ध अफवाह फैलाएर बदनाम गर्न खोज्नेहरूविरुद्ध साइबर व्युरो र अदालतमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो।

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार हाल विभिन्न व्यक्तिहरूले फेसियल हाउससँग कुनै पनि औपचारिक सम्बन्ध नराखी संस्थाको नाम र लोगो दुरुपयोग गरेर सामाजिक सञ्जालहरूमा झुटा भिडिओ क्लिप तथा सामग्रीहरू पोस्ट गरिरहेका छन्।

Advertisement 2

उनले भनेकी छिन्, ‘संस्थाको छविमा आँच पु¥याउने जस्ता अनावश्यक गतिविधि कुनै हालतमा स्वीकार्य छैन। यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत प्रक्रिया अगाडि बढाइएको छ।’

फेसियल हाउसले आम सेवाग्राही तथा नागरिकहरूलाई यस्ता ‘फेक’ प्रचारप्रति सचेत रहन आग्रह गरेको छ। साथै, भविष्यमा कुनै गुनासो वा प्रश्न भएमा फेसियल हाउसको आधिकारिक कार्यालयमा सम्पर्क गर्न प्रबन्ध निर्देशक महराले अनुरोधसमेत गरेकी छिन्।

Advertisement 3

‘यस्ता गतिविधिहरूले संस्थाको मात्र नभई देशभर सौन्दर्य व्यवसायमा लागेका महिलाहरूको आत्मबलमा आँच पु¥याउने भएकाले सत्यको पक्षमा उभिएर कानुनी बाटो अपनाउन बाध्य भएका हौँ,’ महराले भनिन्। उनका अनुसार फेसियल हाउसले देशभर १० वटा शाखामार्फत उद्यमशीलताको विकासमा टेवा पु¥याउँदै करिब २०० जना भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।

यस्ता उच्छृङ्खल गतिविधिले देशभरका शाखाहरूमा असर पार्ने भएकाले कानुनी प्रक्रियामार्फत माग गरिएको १० करोड रुपैयाँ क्षतिपूर्ति भराएरै छोडिने चेतावनी प्रबन्ध निर्देशक महराको छ। ‘संस्थाको छवीमा आँच पु¥याउने जस्ता गतिविधि कुनै हालतमा स्वीकार्य छैन। यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँबराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएका हौँ,’ उनले दोहो¥याइन्।

प्रकाशित :२०८२ श्रावण ९, शुक्रबार १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry