वालेन्द्र र रविलाई गाली गरेर भिडिओ बनाएका युट्युबर पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन पोखरेललाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतमाथि अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।

प्रहरीका अनुसार पोखरेलले युट्युब लगाएत विभिन्न सामाजिक सञ्जाल मार्फत आपत्तिजनक सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

Advertisement 2

जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै साइबर अपराधसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित :२०८२ चैत्र २९, आईतवार १४:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry