डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन

काठमाडौं। वर्षात्को समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

Advertisement 1

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र इच्छुमति टोल सुधार समितिको संयुक्त आयोजनामा आज काठमाडौँ महानगरपालिका–४ बालुवाटार, टुँडालदेवी, इच्छुमति क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो। सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले महामारीबाट मानव स्वास्थ्य बचाउने र समाजमा चेतना फैलाउने प्रयासअनुरुप डेङ्गु नियन्त्रण अभियान सञ्चालन गरिएको बताए।

“लक्षणबिना पनि डेङ्गुको सङ्क्रमण हुनसक्छ, त्यो सामान्यतया थाहा नहुन सक्छ, त्यसैले डेङ्गु सार्ने लामखुट्टेको टोकाइबाट बच्न अभियान सञ्चालन गरेका हौँ”, उनले भने।

Advertisement 2

अभियानमा नेपाली सेनाका पूर्वरथी यादव रायमाझी, पूर्वउपरथी शिवराम प्रधान र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकद्वय अमरसिंह शाह र निरज शाही, प्रहरीवृत्त मालीगाउँका प्रहरी निरीक्षक दावा तेञ्जिङ शेर्पालगायत स्थानीय तथा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता थियो।

प्रकाशित :२०८२ श्रावण ९, शुक्रबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry