ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

बागमती। उपत्यकाका ३ जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१/८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १ लाख ९ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व सङ्कलन गरेको छ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताए।

Advertisement 2

प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा आएको कमी, ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेकाले ट्राफिक नियम परिपालनामा प्रगति भएको बताउँदै उनले कारबाहीमा भएको अनलाइन प्रणालीको विकासलगायत कारणले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा राजस्व सङ्कलन बढ्नुका साथै सवारी दुर्घटनामा कमी आएको जानकारी दिए।

आव २०८०/८१ मा सो कार्यालयले २ लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार ५०० राजस्व सङ्कलन गरेको थियो। आव २०८१/८२ मा बागमती प्रदेशको उपत्यकाका ३ बाहेक १० जिल्लामा भएका २ हजार ४२२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको छ भने ४ हजार ७५१ जना घाइते भएका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए।

Advertisement 3

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र ३ जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति अझै देखिएकाले राजमार्ग तथा अन्य सहायक मार्गहरूमा समेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए।

प्रकाशित :२०८२ श्रावण ७, बुधबार १६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry