नागढुंगामा अझै जाम, राजधानीमा ठाउँठाउँमा चेकिङ
निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण राजधानीको नागढुंगा तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यकाबाट बाहिरिनेहरुको चापका गएरातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्मनै चर्को जाम रहेको थियो । सो जाम अहिलेपनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर, काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने समाचार सार्वजनिक भएलगत्तै काठमाडौं उपत्यका छाड्ने लहर सुरु भएको थियो । यो क्रम आज बिहान सात बजेसम्म जारी रह्यो ।
Advertisement 1
विहान सात बजे पनि नयाँबसपार्कबाट गाडी छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रकाशित :२०७८ बैशाख १६, बिहीबार ११:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%