जहाँ विपद्, त्यही समाधान भन्दै- कागेश्वरी मनोहराको स्वयंसेवक ब्यूरो मैदानमा

काठमाडौं : ‘संकट बेला चुप लाग्ने समय अब छैन’ भन्ने दृढ संकल्पसहित कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको दुई दिने ‘स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
Advertisement 1
‘जहाँ विपद्, त्यही समाधान’ भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय जनशक्तिलाई अग्रपंक्तिमा उभ्याउने ऐतिहासिक पहलको रुपमा लिइएको छ। कार्यक्रमको उद्घाटन नगर विपद् तथा वातावरण समिति संयोजक विजय श्रेष्ठ (धन) ले गरेका थिए भन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रम बोल्दै संयोजक श्रेष्ठले स्वयंसेवक ब्यूरोको सक्रियता आजका लागि मात्र नभई, भोलिको सुरक्षित समाज निर्माणतर्फको दूरदर्शि तयारी रहेको कार्यक्रममा उल्लेख गरे। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष राम मणि पुडासैनी, वडा नं. ६ का प्रकाश फुयाल, कार्यपालिका सदस्य रुक्मति सापकोटा लगायत विभिन्न वडाका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
नेतृत्वदेखि कार्यक्षेत्रसम्मको समन्वयले यो कार्यक्रम केवल भाषणमा सीमित नभई, कार्यान्वयनमै आधारित भएको प्रमाणित गरेको श्रेष्ठले बताए। कागेश्वरी मनोहरा नगरपालिका-३ अध्यक्ष पुडासैनीले विपद् व्यवस्थापन केवल सरकारको होइन, सम्पूर्ण समुदायको साझा जिम्मेवारी रहेको बताए।
Advertisement 2
कार्यक्रममा Fire Fighting Pump, को प्रयोग अभ्यास नगरपालिकाको परिसरमै गरिएको थियो भनेFire Extinguisher मार्फत आगलागी नियन्त्रणको व्यावहारिक विधि सिकाइएको थियो।
Advertisement 3
पोखरेल डाँडाको सम्भावित भूस्खलन क्षेत्रको अवलोकन गर्दै जोखिम पहिचान र सुरक्षित मार्ग निर्धारण गरिएको थियो। विशेष आकर्षण रहेको Mission Flood Rescue Drill व्यन्जन पार्टी प्यालेसको स्वीमिङ पूलमा सम्पन्न भएको थियो।
कार्यक्रममा नगरपालिकाका ९ वटै वडाबाट आएका कुल १०२ जना स्वयंसेवकहरू सहभागी भएका थिए। तालिमको समापनमा प्रमुख प्रशासकीय अधिकृत नागिलाले सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक समापन गरे।
उनले भने, ‘अब हामी अरूको पर्खाइमा बस्ने छैनौं। यहाँका स्वयंसेवकहरू नै कागेश्वरी मनोहराको सुरक्षा ढाल बन्नेछन्।’
साथै कार्यक्रमले केवल तालिम मात्र दिएको नभइ स्थानीय तहमा आत्मनिर्भर विपद् प्रतिकार्य संरचना निर्माणको दिशामा पनि पहिलो कदम चालेको उनले बताए।नगरपालिकाले आगामी दिनमा यस्ता तालिमहरूलाई नियमित र संस्थागत बनाउने तयारी अघि सारेको उनले बताए।