सुनसरीका सशस्त्र खटिदा राज्यकोषमा ठूलो फाइदा, ६ करोड बराबर चोरी पैठारीका सामान नियन्त्रणमा

सशस्त्र प्रहरी बल सुनसरीले गएको एक वर्षमा ५ करोड ८२ लाख भन्दा बढीको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । सशस्त्र प्रहरी बल ४ नम्बर हेडक्वार्टर सुनसरीले गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक गरेको हो।

Advertisement 1

सशस्त्र प्रहरी बलले सबै भन्दा वढि कपडा, सवारी साधन, हार्डवयर सामाग्री, किराना सामान, पशु चौपाया, मदिरा बरामद गरेको सशस्त्र प्रहरी वल, ४ नम्बर गणले जानकारी दिएको छ । जस अनुसार आर्थीक वर्षमा ९१ लाख ०६ हजार ३० रुपैया बरावरको अवैध कपडा १ करोड ५७ लाख ८५ हजार १ रुपैया बराबरको सवारी साधन, ६७ लाख ४८ हजार ७६४ रुपैया बरावरको अवैध किराना सामान बरामद गरेको छ ।

५ लाख १६ हजार ८४९ रुपैया बराबरको अवैध हार्डवयरका सामान, २४ लाख ७ हजार ४०० रुपैया बरावरको मदिरा, ४ लाख ६३ हजार बराबरको पशु चौपाया, १ करोड २ लाख ६७ हजार ३९८ रुपैया बराबरको ईलोक्ट्रोनिक्स, खाद्यन्न, स्पोर्टस, सुर्ती, सिद्रा माछा, विडी, मोटरपार्टस, टायर लगायत अन्य सामानहरु बरामद गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी वल ४ नम्बर गणका गणपति लकेश कुमार तुम्वाहाम्फेले जानकारी दिएका छ्न ।

Advertisement 2

३ करोड ८३ लाख ८८ हजार ९९४ रुपैया बराबरको चोरी पैठारीका सामानहरु बरामद गरी भन्सार कार्यालय दाखिला गरेको छ । विभिन्न प्रकारका औषधी, ब्रोईलर कुखुरा र काठ गरी ६९ लाख ०५ हजार ४४८ रुपैया बराबरको बरामद गरेको छ । औषधीहरु औषधी व्यवस्थापन विभाग बिराटनगर, काठ सम्बन्धित डिभिजन वन कार्यालय, तथा प्रतिबन्धित मुंनि माछा र ब्रोईलर कुखुरा स्थानियको रोहवरमा नष्ट गरेको बताएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले गत आर्थीक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामान मध्ये सशस्त्र प्रहरी बल, नेपालले पक्राउ गरी भन्सार कार्यालय बुझाएको सामान विवरण सार्वजनिक गरेको हो ।

सुनसरी जिल्लाको विभिन्न नाकाबाट श्रोत नखुलेको २० लाख १४ हजार ३८६ रुपैया नगद पनि वरामद गरेको छ । आर्थीक वर्ष ०७८ / ०७९ मा सुनसरीमा २ करोड ७३ लाख ३३ हजार ६५९ रुपैया बराबरको अवैध सामान पक्राउ गरेकोमा आर्थीक वर्ष ०७९ / ०८० मा झण्डै १ करोड ८० लाख वढी ४ करोड ५२ लाख ९४ हजार ४४२ रुपैया बराबरको त्यस्ता सामाग्री नियन्त्रणमा लिएको हो ।

Advertisement 3

यसै गरि सप्रबल नेपाल नं. ४ गण हे. क्वा सुनसरीले आ.व ०७९/०८० मा राजश्व छलिको आशंकामा सामान सहित ( ट्रक – २६ वटा पिकअप / सानो गाडी ३२ वटा र मो.सा. ४ वटा ) नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको र सो को धरौटी तथा जरिवाना मुल्य रु.३५ लाख २० हजार ७ सय ९० रुपैया कायम भएको ।

एसपी तुम्वाहाम्फेले त्यस क्षेत्रको कमाण्ड सम्हालेको करिब ७ महिनाको अवधिमा गरिएको कडाईमा अवैध सामाग्री कपडा, सवारी साधन, हार्डवयर सामाग्री, किराना सामान, पशु चौपाया, मदिरा बरामदलाई समेत तिब्रता दिएपछि आजभोलि तस्करहरु पलायन झै भएका छन् ।

एसपी तुम्वाहाम्फेका अनुसार ‘सीमावर्ती नाकामा शुरू देखि नै कडाइ र चेकजाँच गरेका कारण चाेरी तस्करीमा कमी आएको हो । उनका अनुसार चाेरी तस्करीमा कडाइ गरेको कारण नै भन्सारमा राजश्व उल्लेख्य वृद्धि भएको छ ।’

प्रकाशित :२०८० श्रावण ३०, मंगलवार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry