मनाङमा रमाउँदै राजेश हमाल

नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तपाईं मनाङ पुगेपछि लाग्छ मनाङ हिमालभित्रको जिल्ला हो । गण्डकी प्रदेशको यो एउटा प्राकृतिक सौन्र्दयले भरिएको जिल्ला हो । लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार (जसलाई माथिल्लो मनाङ) समेत भनिन्छ ।

Advertisement 1

त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ । मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् ।
असोजदेखि मंसिरसम्म मनाङमा बाह्रय तथा आन्तरिक पर्यटकको भीड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि जिल्ला मुख्य पेशा रहेको यती होटलका संचालक विनोद गुरुङ बताउँछन् ।

स्वर्गको टुक्रा मनाङ जिल्ला पुगेका छन् नेपाली सिनेमाका महानायक राजेश हमाल । विश्व पृथ्वी दिवसको अवसरमा बिहीबार मनाङ पुगेका महानायक राजेश हमालले मनाङ पुगेका छन् । नासो गाउँपालिका– १ स्थित तालगाउँमा निर्माणाधीन पार्कमा धूपी सल्लाको विरुवा रोप्दै, जिल्लाका व्यवसायी, राजनितिज्ञ, समाजसेवीहरुसँग रमाएका छन् । महानायक हमाल स्थानीय भेसभुसामा सजिदैँ रातो टिका निधारमा बोलको गीतमा रमाएको विनोद गुरुङले बताए।

प्रकाशित :२०७८ बैशाख १५, बुधबार २०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry