सशस्त्र प्रहरी बल राजनीतिक हस्तक्षेपबाट मुक्त
सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बल राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको दाबी गरेका छन् ।
Advertisement 1
सोमबार सशस्त्र प्रहरी बलले एक वर्ष अवधिमा भएका कामबारे जानकारी दिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामाथि जवाफ दिँदै अर्यालले यो अवधिमा सशस्त्र प्रहरी बलमा संगठनले चाहे अनुसारको सरुवा र बढुवा भएको बताए । ‘यो विषयमा सकरात्मक सन्देश दिँदा सबै संगठनलाई राम्रो हुन्छ’, उनले भने ।
सशस्त्र सादा पोसाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति अख्तियार गरेको छ । प्रहरी महानिरीक्षक अर्यालले भने,’ सादा पोसाकमा जसले विकृति गरेको छ । त्यो विकृति हटाउन खोजेका हौ । सादा पोसाकबाट डिलिङ अब हुँदैन । त्यस्तो प्रवृत्ति हटाएका हौँ ।’
Advertisement 2
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काका अनुसार सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोसाकमा कर्मचारी नखटाउने निर्णय गरिएको छ । ‘धेरै दुबिधा भयो बाहिर युनिटबाट सादा पोशकामा मानिस खटाउने की नखटाउने भन्ने कुरा आयो । खटाउँदा केही जानकारी आउने कुरा हुन्छ । तर त्यस्तो अवस्था आएमा स्वीकृति दिने । अन्यथा सादा पोसाकमा नपठाउने भन्ने नीति ल्याएका छौ । धेरै यस्ता गुनासाहरू आए छन् । सिभिलमा हिँड्दा खेरी कर्मचारीहरू के गरिरहेका छन् भन्ने जानकारी आएन । सिभिलमा खटाउने नखटाउने भन्ने धेरै कन्फ्युजन भयो । माथिबाट हामीले सादा पोसाकमा नखटाउने भरेर परिपत्र गरेका छौं ।’
यसबारे पहिले गृहबाट पनि मापदण्ड बनाएर परिचालन गर्न भन्दै परिपत्र भएको थियो । ‘गृहमा पनि धेरै गुनासो गए मापदण्ड बनाएर परिचालन गर्ने भन्ने । त्यो अनुसार मापदण्ड पनि तयार छ तर अत्यावश्यकता कुनै पनि विशेष सूचना सङ्कलनका लागि युनिट कमाण्डरले आवश्यक सम्झेमा स्वीकृत लिएमा हुन्छ अन्यथा घुमुवाको रूपमा पाइँदैन भनेर हटाएका छौं । विशेष अवस्थामा खटाउनु परे सम्बन्धित कार्यालय प्रमुखले माथिल्लो युनिटलाई जानकारी गराउनुपर्ने भनिएको छ’, खड्काले भने ।’
Advertisement 3