उदाहरणीय जनप्रतिनिधि :- अगुवा हुनु त ओमबहादुर गुरुङजस्तो

अञ्जनकुमार हिमाली

Advertisement 1

कुन इमान्दार कार्यकर्ताको मन रोएको छैन होला र ?  नेकपाको विभाजनले यी इमान्दार सच्चा सतिसाल जस्ता योद्दाको मन नपोलोस् ? लमजुङबाटै शुरुवात भएको थियो नेकपा एकीकरणको अभियान । मुकुकै भर एमाले माओवादीहरू बीच चर्को टसल हुँदापनि गएको स्थानीय निर्वाचनमा माओबादी केन्द्र र एमालेले चुनावी तालमेल गरे । फलस्वरूप आठ स्थानीय क्षेत्र मध्ये ६ स्थानीय सरकार तत्कालीन एमाले र माओवादीले जित्न सफल भए । प्राविधिक गडबढी नभएको भए चारवटै नगरपालिका वामपन्थीले हात पार्ने निश्चित थियो । तर मध्यनेपाल नगरपालिकामा माओबादीबाट उठाइएका वामपन्थीका उम्मेदबार मोहनहरि पौडेललाई माओवादीकै मत नपरेपछि गुमाउनु पर्यो । तर दोर्दी गाउँपालिकामा भने भारी मतान्तरले इमान्दार ओमबहादुर गुरुङले विजयी हासिल गरे ।

कुरा यिनै ओम बहादुर गुरुङको हो । पञ्चायतकालीन अवस्था । तर पनि कांग्रेसको दबदबा । जनता की पन्च थिए कि काँग्रेस । तर २०२१ साल भदौ १५ गते बुबा चित्र बहादुर गुरुङ र माता मनकुमारीका पहिलो सन्तान गुरुङ बुझ्ने भएदेखि नै कम्युनिष्ट बने । सरल, मिजासिला, इमान्दार गुरुङ २०४९ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालको प्रतिनिधित्व गर्दै श्रीमञ्ज्याङ गाविसको उपाध्यक्षको उम्मेदबार बने । कांग्रेस र पञ्च अनि एमाले जनमोर्चाको संगठन कमजोर पराजित त भए नै तर पनि सम्मानजनक मत प्राप्त गरे ।

Advertisement 2

०५२ मा पार्टीले जनयुद्दको घोषणा सँगै भूमिगत भयो । पार्टीका एक सच्चा सिपाही युद्धमा होमिए । भूमिगत भए । दशवर्षको युद्धकालमा कष्टका हुण्डरी त कति हो कति । ज्यान बच्यो ठूलो त्यही भयो । लोभ गरेनन्। कुनै छलकपट गर्न जानेनन् । सोझो इमान्दार गुरुङको छोरो उनले जिल्ला कमिटी सदस्य भन्दा केही दाबी गरेनन् । नाफाको जिन्दगी हो गुरुङको । तीनै गुरुङ अहिले दोर्दी गाउँपालिकाको अध्यक्ष छन्। पालिका मध्ये उनले नेतृत्व गरेको पालिका जिल्लामा अब्बलै मानिन्छ । प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरुङ उनका हरेक योजनामा सहयोगी छन् । केमेस्ट्री राम्रो मिलेको छ र त काम गर्न सजिलो भएको छ । त्यस्तै सजिला छन् लेखा अधिकृत । अनावश्यक कुरा बाहेक कहीं कतै असहयोगी भूमिका छैन उनको । पालिकामा अहिले राम्रै टीम छ । अध्यक्ष असल र इमान्दार भएसी कर्मचारीको मनमा पाप पकाउने कुरै भएन । र त आज कोभिडले थिलोथिलो पार्दा पनि पालिकाले आफ्ना योजना फर्सौट गर्न बाँकी राखेन ।


भौगोलिक रूपमा निकै विकट भएपनि सबै वडामा बाटो पुगेको छ । वडा कार्यालयहरु धमाधम बन्दै छन् । ४ र ७ नम्बर वडा कार्यालय सम्पन्न भइसकेका छन् । १,२,६,९ वडाका तत्काल सकिनेवाला छन् । दोर्दी पुल देखि पालिका कार्यालयसम्म कालेपत्रे हुँदै छ । प्रत्येक घरमा खानेपानी र बिजुली पुर्याइएको छ । शिक्षा स्वास्थ्यलाई मूल प्राथमिकतामा राखी चारवटा स्वास्थ्य चौकी निर्माण गरिएको छ । कृषि तथा पशुपालनमा जोड दिंदै भेगिय हिसाबले हब निर्माण गरिएको छ ।

Advertisement 3

श्री मन्ज्याङ फलेनी बाख्रा पालन क्षेत्र, पाचोकलागि भेंडा पालन क्षेत्र, नौथर अर्चलबोट भरतेलाई कृषि मा निर्भर क्षेत्र र फलेनि भन्सारलाई मौरी पकेट एरियाको रूपमा विभाजन गरी कार्य संचालन गरिएको छ । पाँच वर्ष भित्र प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउने, युबा जनशक्तिलाई वैदेशिक रोजगारीमा विदेश पलायन हुने बाध्यतालाई न्यूनीकरण गर्दै पालिका भित्रै आय आर्जनको लागि कृषिमै जोड दिने उद्देश्य सहित योजना बुनेका गुरुङ पालिकाको आफ्नै भवन पनि छिट्टै निर्माण गर्ने योजनामा छन् ।

२०४१ मा गोरखा खरीबोटकी लक्ष्मी गुरुङसंग विवाहित जीवनमा बाँधिएका अध्यक्ष गुरुङको इमान्दारितालाई खुलेर प्रशंशा गर्छन् गण्डकी प्रदेश का माननीय धनन्जय दवाडी । असल व्यक्तिका पर्याय हुन् ओम बहादुर गुरुङ पूर्व प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको नजरमा । यसो त जिल्ला प्रशासन कार्यालय लम्जुङ्गका लेखापाल रमेश विश्वकर्मा सबै यस्तै इमान्दार जनप्रतिनिधि भई दिने हो भने जनताले दुख नपाउने भन्दै प्रशंशा गर्छन् । सोही पलिकाका लेखा अधिकृत अविनास ढकाल आफ्नो असल अभिभावक नै ठान्छन् गुरुङलाई । अनधिकृत रूपमा एक पैसाको माग दाबी नगरेको उनी बताउँछन् । गुरुङको इमान्दारिता प्रति प्रश्न उठाउने ठाउँ नै देख्दैनन् उपाध्यक्ष दिल प्रसाद घले ।

प्रकाशित :२०७८ बैशाख १५, बुधबार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry