प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम पाँचौँ समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो।

Advertisement 1

तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे। प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताए।

१६ दिन कार्यक्रम अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो।

प्रकाशित :२०८२ जेष्ठ २८, बुधबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम