भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध

कञ्चनपुर। भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो।

Advertisement 1

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। ‘सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ संकलन र उत्खननको कार्य बन्द गरिने भएको हो,’ ‘उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, संकलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ।’

नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ सङकलन र उत्खननको कार्य हुने गर्दछ। लालझाडीमा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ। लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको हो।

Advertisement 2

महिला, अपांगता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलव्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ।

स्वास्थ्यकर्मीको टोलीले वडा वडामा घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए।

प्रकाशित :२०८२ जेष्ठ २७, सोमबार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry