अख्तियारमा अख्तियार प्रमुखकै उजुरी फस्र्यौट हुन बाँकी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको घोटालाको छानबिन गरिरहेको थियो। त्यसै समयमा आयोगको प्रमुख आयुक्तको रुपमा प्रेमकुमार राई नियुक्त भए।

Advertisement 1

राई उनै व्यक्ति थिए, जो २०७३ सालमा नेपाल आयल निगमले विभिन्न स्थानमा जग्गा खरिद गर्दा आपूर्ति सचिवको रुपमा निगम सञ्चालक समितिका अध्यक्ष थिए। पछिल्लो समय उक्त प्रकरण गुपचुप पारिएको छ।

आसंका पनि गर्न सकिन्छ, जग्गा खरिद प्रकरणमा संलग्न व्यक्ति नै आयोग प्रमुख भएकाले उक्त प्रकरण फासफुस पार्न खोजिएको हो। अहिले प्रेमकुरमा राईले एकपछि अर्को ठूलठूला काण्डमाथि आफ्नो डण्डा वर्षाइरहेका छन्। बिहीबार सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालमाथि पनि त्यसैको निरन्तरता हो।

Advertisement 2

तर, आफैं सञ्चालक समिति अध्यक्ष भएर चल्तीको मूल्यभन्दा कैयौं गुणा महंगोमा जग्गा खरिद गरेको विषयमा भने मौनता साँधेका छन्। कि भित्रैभित्रै जग्गा खरिद प्रकरणमा आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई आफू स्वयंमलाई सफाई दिइसकेका हुन्।

गोपाल खड्का विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा परेको त थियो। त्यसैको हल्ला गरेर प्रेमकुमार राईले जग्गा खरिद प्रकरणमा सफाई दिनुका साथै आफूले सफाइ पाइसका त छैनन्? प्रश्न गम्भीर छ।

प्रकाशित :२०८२ जेष्ठ २४, शुक्रबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry