पूर्व राजारानीको स्वास्थ्य अवस्था सुधारोन्मुख

भारतको उत्तराखण्डमा भएको कुम्भ मेलामा सहभागी भएर पूर्व राजारानी केही दिन अघि मात्रै काठमाडौं फर्किएका थिए। कोभिड १९ संक्रमण देखिएपछि पूर्व राजारानी निर्मल निवासमै सेल्फ आइसोलेसनमा बसेका थिए।

Advertisement 1

कोरोना भाइरस संक्रमण भएर उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्। उपचारमा संलग्न डा. जेपी जयसवालले भने, ‘अहिले पनि म पूर्वराजारानीसँगै छु। उहाँहरूको अवस्था सुधारोन्मुख छ। अक्सिजन लेभल केही घटेकाले अक्सिजन दिइरहेको उनले बताए।

उनले भने, ‘आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन। उहाँहरुको स्वास्थ्य अवस्था दैनिक सुधार देखिँदै आएको छ। तीनैजना खतरामुक्त हुनुहुन्छ।’

Advertisement 2

 

 

प्रकाशित :२०७८ बैशाख १४, मंगलवार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry