११ लाख २५ हजार बराबरको अवैध सामान बरामद
सशस्त्र प्रहरी बलले अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाले आज दिउँसो साढे १ बजे ११ लाख २५ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।
Advertisement 1
सिरहा नगरपालिका १७ पटेर्वा स्थित सशस्त्र प्रहरी बलले अवैध रुपमा भारतबाट मोटरसाइकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु ९ लाख ७५ हजार बराबरको बिभिन्न मोडेलका मोबाईल तथा मोबाईल पार्टहरु र अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको मोटरसाइकल गरि जम्मा ११ लाख २५ हजार बराबरको सामान बरामद गरेको जनाएको छ ।
मोटरसाइकल छाडि व्यक्ति फरार रहेको हुँदा उक्त सामान बरामद गरि आवश्यक कारवाहिको लागी भन्सार बुझाइएको छ ।
Advertisement 2
प्रकाशित :२०८० श्रावण १७, बुधबार १७:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%