एकैदिन थपिए ४५२४ संक्रमित, १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार देशभर १५ हजार ६ सय ८१ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ४ हजार ५२४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । यीमध्ये २६ हजार २२५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
काठमाडौंमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना गरी उपत्यकामा १ हजार ९६६ जना संक्रमित थपिएका छन् ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् । मंगलबार देशभर ५५५ जनाले कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् ।
Advertisement 2