पर्सामा मेयर, नेपाली सेना र ल्याब कर्मचारीसहित ५५ जनामा कोरोना संक्रमण

पर्सामा मेयर, नेपाली सेना र स्वास्थ्य ल्यावका कर्मचारीसहित थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement 1

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये तीन जना बारा र एक जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा समावेश छन् ।
बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्रप्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ ।

Advertisement 2

चण्डीप्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान, बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका कर्मचारी ३१ वर्षीय पुरुष, वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय कर्मचारी र बाराको मनहर्वा घर भएका ४३ वर्षीय दुई जना कर्मचारीमा पनि कोरोना देखिएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित :२०७७ श्रावण २४, शनिबार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry