सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ।
Advertisement 1
त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १ सयले घटेको हो। चाँदी पनि तोलामा रु २० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ।
Advertisement 2
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित :२०८२ जेष्ठ १०, शुक्रबार १०:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%