समितिबाट पारित भयो संघीय निजामति ऐन, कर्मचारीको अवकाश उमेर ६० वर्ष

काठमाडौं। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र २ वर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ।
Advertisement 1
समितिको बिहीबारको बैठकले उक्त व्यवस्थासहित लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको संघीय निजामतीसम्बन्धी विधेयक पारित गरेको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए। कर्मचारी सेवामा रहने उमेर हद ६० वर्ष, अतिरिक्त सचिवसम्बन्धी व्यवस्था, दुई वर्षको ‘कुलिङ पिरियड’ रहने व्यवस्थासहित विधेयक समितिबाट पारित भएको छ।
साथै नयाँ व्यवस्थामा निजामती सेवामा १५ तह रहने व्यवस्था गरिएको छ। यो निजामती सेवामा रहेको कर्मचारी अवकाश प्राप्त सरकारी कर्मचारीले अर्काे जिम्मेवारी प्राप्त गर्ने सन्दर्भमा पर्खनुपर्ने समयावधिसम्बन्धी व्यवस्थालाई कुलिङ पिरियड भनिन्छ । यसअघि समितिको बिहीबारको बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको जानकारी गराएका थिए। यसअघि एक वर्षको व्यवस्था गर्ने भनिएको थियो। सरकारले ल्याएको उक्त प्रस्तावमा समितिमा रहेका सबै सदस्य सहमत भएका थिए।
Advertisement 2
संघीय निजामती विधेयकमाथिका छलफलमा भाग लिँदै समिति सदस्यले लोकसेवाप्रतिको छवि र ओज घटाउन नहुने तथा कर्मचारीका उमेर हदका सम्बन्धमा सरकारको दुई वर्षको कुलिङ पिरियडसम्बन्धी प्रस्ताव उपयुक्त हुने सुझाव प्रस्तुत गरेका थिए।
सदस्य अशोककुमार राईले निजामती विधेयकमा पर्याप्त छलफल भइसकेकाले अब फेरि अल्मलिँदा परिणाम दिन चुनौती हुने बताए। अब अनावश्यक लम्ब्याउन नहुने उनको भनाइ थियो। कुलिङ पिरियड दुई वर्ष राख्ने भन्ने सरकारको धारणाप्रति अन्यथा भन्न नमिल्ने बताउँदै उनले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पु¥याउनुपर्छ भन्ने विषयमा लचिलो हुँदा नै राम्रो हुने बताए।
Advertisement 3
ट्रेड युनियनकै कारण निजामती प्रशासनलाई बदनाम मात्र नभई निष्पक्ष हुन नसकेका भन्ने तर्क गर्दै त्यसलाई व्यवस्थित तुल्याउन अत्यावश्यक रहेको उनले बताए।