गण्डकी प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा अविश्वासको प्रस्ताव अविश्वासको प्रस्ताव पेश भएको छ । तत्कालीन माओवादी केन्द्रको समर्थनमा गुरुङ मुख्यमन्त्री निर्वाचित भएका थिए । नेकपा एकता भंग भएसँगै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
Advertisement 1
आज बसेको प्रदेशसभाको बैठकको शुरूमै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश गर्दै कांग्रेसका पोखरेलले गुरुङले प्रदेशको विकास गर्न नसकेको आरोप लगाए । गुरुङ मुख्यमन्त्री रहिरहँदा प्रदेशको चुनौती बढिरहने र अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश पछाडि पर्ने दाबी गरे ।
माओवादी सहितको समर्थमा अविश्वासको प्रस्ताव दर्ता गरिएको र राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावको पक्षमा मत दिने पोखरेलले दाबी गरे ।
Advertisement 2
प्रस्ताव माथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद रोशन गाहा मगरले सरकारले गरिरहेको विकासको अभियानलाई रोकेर जनतालाई भ्रम पार्ने खालको काम गरिएको आरोप लगाए ।