उत्कृष्ट जीवन यात्राका लागि अध्यात्मिक मार्ग (तोमनाथ उप्रेतीको विचार)
अध्यात्म परलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयमको अध्ययन हो । प्रत्येक जीवनको एक–एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै आध्यात्मिक मार्ग हो ।सामान्य रुपमा भन्ने हो भने अध्यात्म भनेको आफुभित्रको चेतन तत्वलाई अनुभूत गर्नु हो । श्रीमद्भागवत गीतामा अर्जुनले प्रश्न गरेका छन्, ‘हे पुरुषोत्तम त्यो ब्रम्हा के हो ? अध्यात्म के हो ? कर्मको अर्थ के हो ?
अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो ।आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ । हामीमाथि विवेकको शासन हुनुपर्छ । हुनत विवेकको लाभ सबै मान्छे लिन सक्दैन तर, जुन मान्छे विवेकको उपयोग गर्दैन, त्यो आध्यात्मिक हुन सक्दैन । विवेक भनेको सरलता, धैर्यता र विनम्रता हो । त्यो सबै मान्छे आध्यात्मिक बौद्धिकताको लाभ लिन सक्छ, जसले आफनो मनमाथि नियन्त्रण राख्दछ।
अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । यो अलग कुरा हो कि यस प्रयत्नले अहिलेसम्म कति सफलता प्राप्त भयो । अहिलेसम्म निर्मित स्थापनाहरू, धारणाहरू, विश्वास, कल्पना कुनै सीमासम्म यथार्थको परिधिलाई लुकाएर राखिएको हुन्छ । यो प्रश्न अनुत्तरित छ, यस दिशामा अनन्त प्रयत्नहरू अनेक उर्वर मस्तिष्कद्वारा गर्ने गरिएको छ । यसमा कुनै सन्देह छैन ।
अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रासंगिक लाग्न थालेको छ ।
अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो।
अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।
आज विज्ञान र प्रविधिको उच्चतम विकास गरी भौतिकवादी दृष्टिकोण अपनाइरहेका विकसित मुलुकहरूमा पनि जुन किसिमको हिंसा, कलह र अशान्ति मडारिंदै गइरहेको छ र यसबाट सामाजिक मूल्य मान्यताहरूमा समेत क्रमिक रूपमा ह्रास आइरहेको छ त्यो धर्म र आध्यात्म ज्ञानकै कमीको कारणले गर्दा हो । यसले विज्ञान प्रविधिले गरेको विकास र उपलब्धिलाई मानव हितमा यथोचित रूपले उपयोग गर्न नसकिएको यथार्थलाई नै उजागर गर्छ ।आध्यात्मिक ब्यक्तित्वहरू आफ्नो धर्म, आफ्नो समूह, आफ्नै जातपातबाट धेरै माथि ऊठेर प्राणी जगत संपूर्णलाई प्रेम र आदरभाव प्रकट गर्दछन् । हरेक धर्ममा आध्यात्मिक ब्यक्तिहरू त धेरै भेट्नुहुन्छ तर सबै धार्मिकहरू आध्यात्मिक हुंदैनन्। यस्तो निश्कर्ष कस्तो हुन्छ होला ‘सबै आध्यात्मिकहरू धार्मिक हुन्, सबै धार्मिकहरू आध्यात्मिक होईनन्’।
अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ति ऊपदेशमा मात्र आफूलाई समाहित बनाऊनुपर्छ भन्ने छैन। आफैंले स्वतन्त्र चिन्तन द्वारा आफ्नैलागि आध्यात्मिक बाटो निर्माण गर्नसकिन्छ । यध्यपि त्यस्ता अर्ति र ऊपदेशलाई ऊत्प्रेरणा स्वरूप ग्रहण गर्न सकिन्छ (सदैव त्यहि नै अन्तिम सत्य हो भन्ने होईन । समय सापेक्ष आत्म समिक्षा सहितको निर्णय नै आदर्श जीवनशैली हो।
तसर्थ हामीहरूले विश्वास गर्ने बिभिन्न राजनीतिक वादहरू प्रजातान्त्रिक समाजवाद, साम्यवाद, मार्क्सवाद, माओवाद जस्तै रहेछन् बिभिन्न धर्महरू। आफूले अनुशरण गरेको सधैं सत्य अरू सबै गलत भनेजस्तै। तर स्वतन्त्र ब्यक्ति सदैव अशल कुराहरू मात्र बिभिन्न वादहरूबाट ग्रहण गर्दै आफ्नो स्वतन्त्र आदर्श जीवनशैलीको अनुशरण गर्छ । अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।
आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रासंगिक लाग्न थालेको छ ।अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।
यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो । अध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित भएको छ । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । अध्यात्मिक ज्ञानले धर्मात्मा, पुण्यात्मा र महात्माभन्दा उच्च सर्वोच्च सत्ता निराकार ज्योति स्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । अध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । अध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ।
अध्यात्मिक ज्ञानले मानिस भित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुिद्धका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । अध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । अध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका मानिसलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन।
ज्ञानबिना जति भौतिक उन्नति गरे पनि आनन्द प्राप्त हुँदैन । जस्तो समुन्द्रको पानी सागरमा नपुगेसम्म शान्त हुँदैन त्यस्तै आत्मज्ञानबिना मन शान्त हुँदैन । हामीले मानवको जन्म लिएर जति काम गर्छांै त्यो आत्माले देखेको छ भन्ने कुरा भौतिकवादीले जान्दैनन । उनीहरुले ईश्वर छैन भनी ईश्वरप्रति आस्था गर्दैनन । ईश्वरले मानिसको जीवन दियो, हुर्कायो, बढायो, ज्ञान बिज्ञान दियो त्यो कुरालाइ हामीले अहिले भुलेका छौं । विषयको आनन्दमा रमाएका छौं । विषय त बिष बराबर हो । विषय बासनामा भुलेर जीवन समाप्त भएको थाहा पाउँदैनौं । पानीबाट निकालिएको माछा जस्तो छटपटाउँछ । त्यस्तै भौतिकवादीहरु अध्यात्मिक ज्ञानको अभावले छट्पटाइरहेका छन । अध्यात्मिक र भौतिकवादीहरुको लक्ष्य एउटै भए पनि ज्ञानको अभावले वास्तबिक सुख प्राप्त गर्न सकेका छैनन ।आत्मासम्बन्धी चिन्तन गर्ने दर्शन मूलतः दुई प्रकारका मानिन्छन्–आत्मवादी र अनात्मवादी । आत्मवादी आत्मालाई प्रकृतिदेखि अलग पदार्थ विशेष मान्दछन् भने अनात्मवादी चैतन्ययुक्त शरीरलाई नै आत्मा मान्दछन् र ज्ञान प्राप्त गर्ने साधनहरूमध्ये इन्द्रिय, प्राण, मन, बुद्धि र अहङ्कार नै आत्मा हो भन्ने अनात्मवादीहरुको धारणा छ । पूर्वीय दर्शनमा अनेक शाखाहरु छन् र प्रत्येक दर्शनले शरीर, प्राण, आत्मा, विवेक, बुद्धि र धारणालाई अनेक तरिकाले परिभाषित गरेका छन् तर पनि आत्माको तत्व भौतिक हो कि अध्यात्मिक हो भन्ने कुरामा भने सधैँ विवाद रहेको छ ।
जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब अध्यात्मिक भावना हराउँदै गयो । भौतिक चिन्तनको बिजारोपण र आफ्नो अस्तित्वलाई मेट्दै गए । मानिस समाजवादी नभएर ब्यक्तिवादि हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब मानिस भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नो कर्तब्य र इमानदारीतालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ । भौतिकवादमा रमाएको मानिसले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो अध्यात्मिकबादको अभाव हो । मानिसले आनन्दपूर्वक बाँच्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ । धर्म,अद्यात्म र विज्ञान परस्पर विरोधी होईनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको ‘ धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ भन्ने भनाईबाट समेत प्रष्ट हुन्छ ‘।आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ । यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहदैन । भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ ।
अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रुपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शास्वत सत्य । त्यसैले यसले जीवनमा तीब्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्दछ ।फेरि यो जगत्मा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दू धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले मानिसले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशा विना नै गरेको सत्कर्मले नै उसले मोक्ष पाउने कि नपाउने ? निर्धारण गर्ने गर्दछ ।महाभारत, श्रीमद्भागवत् गीता जस्ता हिन्दू धर्मशास्त्रहरु यस्ता अध्यात्म एवं दर्शनको सागर हुन् । जसबाट हामीले सानो अंश उठाउँदा पनि त्यो अत्यन्त जीवनोपयोगी हुने गर्दछ।
विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग–यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।
वातावरण अनुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ । विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्न सक्ने भएका छौँ ।केही दशक अघिसम्म मात्र एक ठाउँको चिठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो भने आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइबर आदिजस्ता संचार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर, यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोविकृृतिहरूबाट टाढा रहन सकिरहेको छैन।
एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेका छन् । परिणाम स्वरूप भौतिक रूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ । भौतिक स्रोत र साधनलाई सही रूपमा उपयोग नगरी अथवा मानव हितमा प्रयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट समेत ग्रसित हुन पुगेका छन्।
अध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तब्यनिष्ठ रही विश्वमा रहेको कलमसरुपि अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुणको यर्थात स्वरुप देखाइदिनु मुख्य कर्तब्य हो ।स्वस्थ रही अनुशासित र संयमित भएर बुद्धि र ज्ञानको विकास गरी समाजमा रहेको द्वन्द्वलाई हटाईसबै सुखी बनौं, सबै मिलेर आनन्दपूर्वक बाँचांै भन्ने नीति लिएर वैज्ञानिक अध्यात्मवादको विजारोणगरी संसारलाई सुख र शितल प्रदान गर्न सक्नु पर्दछ । बैज्ञानिक अध्यात्मिक चेतनाको जागृत गर्दै समग्र विश्व कल्याण गर्नु समयको माग हो । जीवनमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन मिलाएर अगि बढ्न सकेमा जगतमा सुख र शितलता प्राप्ति गर्न सकिन्छ । उत्कृष्ट जीवन यात्राका लागि अध्यात्मिक मार्ग आवश्यक छ ।
(लेखक नेपाल सरकारका उपसचिव हुन्।)
प्रकाशित :२०८१ असार २४, सोमबार ११:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%