चुरे फेदीको पिल्लरी गाउँमा सिँचाइ आयोजना

कञ्चनपुर। चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले रु ४३ लाख ८२ हजार ३९३ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजनाको काम अगाडि बढाएको हो।

Advertisement 1

आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत ६ गते न्यू बम्बादेवी निर्माण सेवासँग कार्यालयले सिँचाइ आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरेको शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महराले जानकारी दिए। उनका अनुसार सम्झौताअनुसार ६४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने गरी काम अगाडि बढाइएको छ।

आयोजनाअन्तर्गत पम्प हाउस, वितरण प्रणाली, विद्युतीकरण र पानी सङ्कलनका लागि ट्याङ्की निर्माण गरिने वडाध्यक्ष महराले जानकारी दिए। उनका अनुसार हाल पानी सङ्लन गर्न ट्याङ्की निर्माण, पाइपलाइन बिछ्याउने र सिँचाइ बोरिङ गाड्ने काम भइरहेको छ।

Advertisement 2

चुरे फेदीको बस्ती भएकाले यस क्षेत्रका कृषिकर्ममा संलग्न किसानले सिँचाइको अभाव खेप्दै आएका थिए। आकासे पानीका भरमा खेती हुँदै आएकामा सिँचाइ आयोजना निर्माण हुने भएपछि किसान खुसी भएका छन्।

प्रकाशित :२०८२ बैशाख ९, मंगलवार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम