सुनको मूल्यमा सोमबार नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलना सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ तोकिएको छ। यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँका दरले भएको थियो।

Advertisement 2

अघिल्लो साता सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगे पनि त्यसयता सुनको मूल्य सामान्य घटेको थियो। तर, सोमबार भने नयाँ उचाइमा पुगेको हो।

सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८२ बैशाख ८, सोमबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry